यस्तो रहने छ आज बुधबारको मौसम

भक्तपुर न्यूज

५ कार्तिक २०७७ १:४३

यस्तो रहने छ आज बुधबारको मौसम

काठमाडौं। हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

आज दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा प्रदेश २ र कर्णालीमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने।

प्रदेश १ र बागमतीका एक-दुई स्थानमा भने हल्का वर्षाको सम्भावना छ। भोलि सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका एकरदुई स्थानमा हल्का वर्षाको सम्भावाना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले पर्सि, ७ कात्तिक शुक्रबार पहाडी भू-भागहरूको मौसममा आंशिक बदली रहने र प्रदेश १ का एकरदुई स्थानमा हल्का वर्षाको अनुमान गरेको छ।

प्रकाशित मितिः २०७७ कार्तिक ०५ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *