दक्षिणी सोमालियामा सेनाको कारबाही, १८ लडाकू मारिए
काठमाडौं । सोमालियाको सरकारी फौजले गरेको सुरक्षा कारबाहीमा कम्तीमा १८ लडाकूको मृत्यु भएको छ ।
एक सैनिक अधिकारीका अनुसार लोअर शाबेलेको बारिरे भन्ने शहरको बाहिरी इलाकामा सरकारी फौजले कारबाही गर्दा विद्रोही अल–शबाबमा आबद्ध कम्तीमा १८ लडाकू मारिएका हुन् ।
विद्रोहीहरु लुकेर बसेको भन्ने स्थानीयबासीको सूचनाका आधारमा सेनाले कारबाही गरेको सरकारी सेनाका कमान्डर अहमद हस्सन जियादले जानकारी दिए ।
विद्रोहीले शसक्त प्रतिकार गरेका भए पनि उनीहरु परास्त भएको कमान्डर जियादले बताए । लोअर शाबेले क्षेत्रमा विद्रोहीका कमान्डर सिडो नुरे अबु मुहसिन पनि मारिएको उनले जानकारी दिए ।
हालैका महिनाहरुमा सोमालियाको सरकारी फौजले मध्य र दक्षिणी क्षेत्रमा अल–शबाब विद्रोही समूह विरुद्ध आक्रामक कारबाही गरिरहेको छ । एजेन्सी
प्रकाशित मितिः २०७७ कार्तिक ०५ बुधबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ असार २०८२ ७:०१
तीनबुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन स्थगित
२५ असार २०८२ ७:००
२५० मेगावाट विद्युत उत्पादन बन्द भएपनि लोड सेडिङ नहुने
२५ असार २०८२ ६:५७
बागमती नदी वरपर सतर्क रहन सन्देश प्रवाह
२५ असार २०८२ ७:०४