३५१ संक्रमित विभिन्न अस्पतालका आइसियु र भेन्टिलेटरमा उपचार

भक्तपुर न्यूज

४ कार्तिक २०७७ ११:३२

३५१  संक्रमित विभिन्न अस्पतालका आइसियु र भेन्टिलेटरमा उपचार

काठमाडौं । नेपालका बिभिन्न स्थानमा ३५१ जना कोरोना संक्रमितको विभिन्न अस्पतालका आइसियु र भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको तथ्यांक अनुसार ७८ जना भेन्टिलेटरमा र २७३ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन् ।

आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १५० जना आइसियु र ४९ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ४८ जना आइसियु र ५ जना भेन्टिलेटरमा, प्रदेश १ मा ३० जना आइसियु र १६ जना भेन्टिलेटरमा र प्रदेश २ मा १० आइसियु र १ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।

त्यस्तै सुदुरपश्चिममा ८ आइसियु र ३ जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा २० आइसियु र ४ जना भेन्टिलेटरमा र कर्णाली प्रदेशमा ७ आइसियु उपचाररत रहेका छन्।

प्रकाशित मितिः २०७७ कार्तिक ०४ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *