नेप्से दोहोरो अंकले बढ्यो

भक्तपुर न्यूज

४ कार्तिक २०७७ १०:४६

नेप्से दोहोरो अंकले बढ्यो

काठमाडौं । साताको तेस्रो दिन मंगलबार सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बृद्धि भएको छ ।

१२.४७ अंकले बढेको नेप्से १५८२.८४ अंकमा पुगेर रोकिएको हो। सेन्सेटिभ इन्डेक्स २.४ अंकले बढेर ३१३.२९ विन्दुमा पुगेको छ ।
आज १९३ कम्पनीको ४९ लाख १३ हजार सेयर खरिदबिक्री हुँदा १ अर्ब २४ करोड १२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज सबै समूहको उपसूचक उकालो लागेको छ। बैंकिङ समूहको उपसूचक ७.३५, व्यापार ५.०७, होटल १५.८५, विकास बैंक १९.८२, जलविद्युत् २६.७९ अंकले बढेको छ ।

त्यस्तै फाइनान्स ३.८२, निर्जिवन बिमा ५३.३५, उत्पादन २४.२६, अन्य ११.०५, माइक्रोफाइनान्स १५.४१, बिमा ७३.२५ र म्युचुअल फण्ड ०.११ अंकले बढेको छ । आज जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् भने नेपाल फाइनान्स लिमिटेडका लगानीकर्ताले बढी गुमाएका छन ।

प्रकाशित मितिः २०७७ कार्तिक ०४ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *