नेकपा कर्णाली विवाद समाधानको जिम्मा प्रदेशलाईनै दिउँ : प्रचण्ड

भक्तपुर न्यूज

४ कार्तिक २०७७ १०:०७

नेकपा कर्णाली विवाद समाधानको जिम्मा प्रदेशलाईनै दिउँ : प्रचण्ड

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा कर्णाली प्रदेशमा देखिएको समस्या सुल्झाउने जिम्मेवारी प्रदेशकै नेताहरुलाई दिने प्रस्ताव अर्का अध्यक्ष केपी शर्मा ओलीसँग राखेका छन्।

मगंलबार बालुवाटारमा भएको छलफलपछि प्रचण्डप्रचण्डले ओलीसँग समस्या समाधान गर्न कर्णाली पार्टी कमिटि र संसदीय दललाई नै दिनुपर्ने प्रस्ताव राखेको हुन्। तर यसबारे ओलीले कुनै प्रतिक्रिया नदिएको बुझिएको छ।

छलफलमा कर्णालीको समस्या समाधानको जिम्मा त्यहीँको पार्टी कमिटि, संसदीय दललाई नै दिने प्रस्ताव प्रचण्डले राखेको प्रेस संयोजक विष्णु सापकोटा जुगलले जानकारी दिए ।

प्रकाशित मितिः २०७७ कार्तिक ०४ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *