दशैंको टीका साइत बिहान १० बजेर १९ मिनेटमा उत्तम

भक्तपुर न्यूज

४ कार्तिक २०७७ ८:४०

दशैंको टीका साइत बिहान १० बजेर १९ मिनेटमा उत्तम

काठमाडौं । यसपालीको दशैंको टीकाको साइत बिहान १० बजेर १९ मिनेटमा लगाउन उत्तम रहेको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले कात्तिक १० गते सोमबार बिहान १० बजेर १९ मिनेटका लागि यस वर्ष टीकाको शुभ साइतलाई उत्तम मानेको गृह मन्त्रालयले जनाएको छ ।

विजयादशमीको दिन तुलजा भवानीको यात्रा बिहान ८ बजेर ४७ मिनेटको लागि तोकिएको छ भने बिहान १०ः११ मिनेटमा देवी विसर्जन गर्ने शुभ साइत जुरेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

यस्तै, कात्तिक ७ गते शुक्रबार फूलपातीकै दिन बिहान ८ः५६ मिनेटमा तुलजा भवानीको यात्रा चलाउने साइत छ । यात्रा सकेर बिहान १०ः१४ मिनेटमा तुलजा भवानीलाई स्थिर आसनमा राख्ने साइत निस्किएको समितिले जनाएको छ ।

प्रकाशित मितिः २०७७ कार्तिक ०४ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *