भक्तपुरमा देखिएका ९९ जना संक्रमित (विवरणसहित)

भक्तपुर न्यूज

३ कार्तिक २०७७ १४:११

भक्तपुरमा देखिएका ९९ जना संक्रमित (विवरणसहित)

भक्तपुर ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज भक्तपुर जिल्लामा ९९ जना कोरोना भाइरस संक्रमित भएको पुष्टि गरेको छ । तर स्वास्थ्य कार्यालय भक्तपुरले आज भक्तपुरमा १६८ जना संक्रमित भएको बताएको छ ।

स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार भक्तपुरमा आज देखिएका संक्रमितमा चाँगुनारायण नगरपालिकाका २० जना, भक्तपुर नगरपालिकाका २० जना, मध्यपुर थिमी नगरपालिकाका ६९ जना, सुर्यविनायक नगरपालिकाका ४८ जना तथा सम्पर्क हुन नसकेका ११ जना रहेका छन् ।

योसँगै जिल्ला भित्र कुल ४ हजार ४७७ जना संक्रमित रहेका छन् । यस्तै, जिल्लामा निको हुनेको संख्या २ हजार ४२७ जना रहेका छन् भने सक्रिय संक्रमित १ हजार ८९५ जना रहेका छन् । यस्तै, जिल्लामा १६ जना महिला र ३५ जना पुरुष गरी कूल ५१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

प्रकाशित मितिः २०७७ कार्तिक ०३ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *