भक्तपुरमा ९९ सहित थप ३७९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३७९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ३६ हजार ३६ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सोमबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।
मन्त्रालयका अनुसार नेपालमा हालसम्म सक्रिय कोरोना संक्रमितको संख्या ४० हजार ७७८रहेको छ । यसअघि आइतबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ३२ हजार २४६ थियो ।
पछिल्लो २४ घण्टामा थप २३३५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ४० हजार ७७८ पुगेको छ ।
उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। यसअघि आइबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ९२ हजार १६६ रहेको थियो ।
प्रकाशित मितिः २०७७ कार्तिक ०३ सोमबार