देशभर सक्रिय संक्रमितको संख्या ४० हजार नाघे

भक्तपुर न्यूज

३ कार्तिक २०७७ ११:११

देशभर सक्रिय संक्रमितको संख्या ४० हजार नाघे

काठमाडौँ । देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४० हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबारसम्म देशभर सक्रिय संक्रमितको संख्या ४० हजार ७७८ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सक्रिय संक्रमितमध्ये १३ हजार ८५१ जना संस्थागत आइसोलेशन र २६ हजार ९२७ होम आइसोलेशनमा रहेको सोमबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए ।

यस्तै बितेको २४ घण्टामा ३ हजार ७९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या १ लाख ३६ हजार ३६ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा २,३३५ जना संक्रमणमुक्त भएसँगै निको हुनेको कुल संख्या ९४ हजार ५०१ पुगेको गौतमले बताए । यस्तै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ७५७ पुगेको छ।

प्रकाशित मितिः २०७७ कार्तिक ०३ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *