मादकपदार्थ सेवन गरी गाउँपालिकाको गाडी तोडफोड

भक्तपुर न्यूज

३ कार्तिक २०७७ ८:१४

मादकपदार्थ सेवन गरी गाउँपालिकाको गाडी तोडफोड

हुम्ला । हुम्लाको ताँजाकोट गाउँपालिकाको गाडी तोडफोड भएको छ । मादकपदार्थ सेवन गरेका बाजुरा हिमाली गाउँपालिका–४ का २३ वर्षीय लक्ष्मण मल्लले शनिबार राति ढुंगा प्रहार गरी गाडीमा क्षति पुर्‍याएका हुन् ।

पार्किङ गरी राखिएको गाडी तोडफोड भएको बताइएको छ । गाडी तोडफोड गरी मल्ल फरार भएको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः २०७७ कार्तिक ०३ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *