कांग्रेस सांसदहरूले दसैँ भत्तावापतको रकम एकमुस्ट फिर्ता गर्ने

भक्तपुर न्यूज

३ कार्तिक २०७७ ७:२१

कांग्रेस सांसदहरूले दसैँ भत्तावापतको रकम एकमुस्ट फिर्ता गर्ने

काठमाडौं। प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सांसदहरूले दसैँ भत्ता एकमुस्टरूपमा फिर्ता गर्ने भएका छन्।

कोरोनाको महामारीको असहज परिस्थितमा पनि सांसदहरूले दसैँ भत्ता लिएको भन्दै चौतर्फी आलोचना भइरहेको बेला कांग्रेस सांसदले दसैँ भत्तावापतको रकम फिर्चा लिने बताएका हुन्।

एक-एक जनाले फिर्ता गर्ने भन्दा पनि एकमुस्टरूपमा दसैँ पेश्की नलिने निर्णय हुदैँछ कांग्रेस नेता मिनेन्द्र रिजालले भने, सायद, केही बेरमा सो निर्णयका बारेमा प्रेस बिज्ञप्ति सार्वजनिक हुन्छ।

संघीय संसद सचिवालयले दसैँ भत्तास्वरूप ६४ हजार ७० रूपैयाँ सबै सांसदको बैंक खातामा जम्मा गरिसकेको छ। नेपाली कांग्रेसका ६३ जना सांसद रहेका छन्।

प्रकाशित मितिः २०७७ कार्तिक ०३ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *