मोरङमा दशैं लक्षित कार्तिक १५ गते सम्म निषेधाज्ञा जारी

भक्तपुर न्यूज

३ कार्तिक २०७७ ३:३८

मोरङमा दशैं लक्षित कार्तिक १५ गते सम्म निषेधाज्ञा जारी

मोरङ । जिल्ला प्रशासन कार्यालय मोरङले कोरोना महामारीका कारण चाडपर्वलाई ध्यानमा राखेर १२ दिने निषेधाज्ञा जारी गरेको छ।

चाडपर्वमा हुने भिडभाड नियन्त्रण गर्ने उद्देश्यले कार्तिक ३ गते देखि कार्तिक १५ गते सम्मका लागि जारी गरिएको निषेधाज्ञामा जिल्लाभरीका मठमन्दिर, शक्तिपिठ, मस्जिद, गुम्बा र चर्चहरुमा गरिने सामुहिक पूजा र प्रार्थनामा निषेध गरेको छ।

यसैगरी राति ८ बजे देखि बिहान ५ बजे सम्म मुख्य राजमार्ग बाहेक अन्य सडकमा सवारी संचालनमा रोक लगाएको छ। जारी निषेधाज्ञामा शुभकामना आदानप्रदानका नाममा भेला वा चियापान कार्यक्रममा रोक लगाउनुका साथै शिलान्यास, उद्घाटन, प्रशिक्षण तथा सभा सम्मेलन जस्ता सामुहिक जमघटमा पनि रोक लगाएको उल्लेख छ।

प्रकाशित मितिः २०७७ कार्तिक ०३ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *