रियल बेटिसलाई पराजित गर्दै रियाल सोसिडाड ला लिगाको शीर्षस्थानमा

भक्तपुर न्यूज

३ कार्तिक २०७७ ३:३१

रियल बेटिसलाई पराजित गर्दै रियाल सोसिडाड ला लिगाको शीर्षस्थानमा

काठमाडौँ । रियल बेटिसविरुद्ध जित निकाल्दै रियल सोसिडाड ला लिगाको शीर्षस्थानमा उक्लिएको छ। आइतबार राति सम्पन्न खेलमा सोसिडाडले बेटिसलाई उसकै घरेलु मैदानमा ३–० गोलअन्तको जित निकालेको हो।

सोसिडाडको जितका लागि पोर्टू, माइकल ओयार्जाबल र एडन जानुजाले १ –१ गेल गरे। यता रियल बेटेसले गोल गर्न नसकेपछि तीन गोलको अग्रताका साथ सोसिडालले खेल जित्यो।

जितका साथ ६ खेलबाट ११ अंक बनाएको सोसिडाड शीर्षस्थानमा छ भने बेटिस ९ अंकका साथ सातौं स्थानमा छ।आइतबार राति नै सम्पन्न अर्को खेलमा भ्यालेन्सिया भिल्लारियलसँग परातिज भएको छ। भिल्लाको घरेलु मैदानमा भ्यालेन्सियाले २–१ गोलअन्तरको हार बेहोरेको हो।

जितका लागि पाको अल्कासर र डानी परेजोेले १–१ गोल गरे। भने भ्यालेन्सियाका गोन्कालो गुडेसले सान्त्वना गोल गरे।

६ खेलबाट तीन जितसहित भिल्लालियर ११ अंकका साथ अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ। तेस्रो स्थानको रियल मड्रिडले १० अंक जोडेको छ। पराजित भ्यालेन्सिया भने ७ अंकका साथ १३ औं स्थानमा छ।

प्रकाशित मितिः २०७७ कार्तिक ०३ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *