गायक रामकृष्ण ढकालको ‘अधर’ सार्वजनिक (भिडियोसहित )

भक्तपुर न्यूज

३ कार्तिक २०७७ ३:२३

गायक रामकृष्ण ढकालको ‘अधर’ सार्वजनिक (भिडियोसहित )

 काठमाडौँ । लोकप्रिय गायक रामकृष्ण ढकालको स्वरमा सजिएको नयाँ गीत ‘अधर’को म्यूजिक भिडियो बजारमा आएको छ । बेलायतका लागि नेपाली राजदुत डा दुर्गाबहादुर सुवेदी (दुबसु) को शब्द रहेको गीतमा शिखर शन्तोषको संगीत रहेको छ भने भिडियोको निर्देशन सञ्चारकर्मी एवं निर्देशक कुशल श्रेष्ठले गरेका हुन ।

निर्देशक श्रेष्ठकै छायांकन, सम्पादन रहेको गीतको भिडियो बलिउड,हलिउड चलचित्रमा देखिने लण्डनका दृश्यहरु ट्राफलगर स्क्वायर, अक्सफोर्ड स्ट्रिट, ओटु एरिना लगायतका स्थानहरुमा छायांकन गरिएको निर्माण यूनिटले जनाएको छ ।

डा.दुबसु क्षेत्री नेश्नल डेभेलपमेन्ट फाउण्डेसनको प्रस्तुतिमा लण्डनस्थित केके मुभिजसंगको सहकार्यमा म्यूजिक भिडियोमा बेलायती नेपाली समुदायमा सफल व्यवसायी र समाजसेवीका रुपमा स्थापित विष्णु खरेल र मोडल रोश्ना कार्कीको अभिनय रहेको छ ।

विष्णुले यस भिडियो मार्फत मोडलिङमा पनि हात हालेका छन् भने रोश्ना बेलायतमा स्थापित मोडल हुन् । रोश्नाले बेलायतमै निर्मित आधा दर्जन भिडियोमा अभिनय गरिसकेकी छिन् । एक साता अघि बेलायतस्थित नेपाली दुतावासमा एक समारोहबीच उक्त म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

 

प्रकाशित मितिः २०७७ कार्तिक ०३ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *