भारतमा ७५ लाख व्यक्तिमा कोरोना संक्रमण

भक्तपुर न्यूज

३ कार्तिक २०७७ ३:११

भारतमा  ७५ लाख व्यक्तिमा कोरोना संक्रमण

काठमाडौं । भारतमा कोरोना संक्रमितको संख्या ७५ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ५५ हजार ३५ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ७५ लाख ४७ हजार ७६२ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ६६ लाख ५८ हजार ९३७ जना संक्रमणमुक्त भएका छन् । ७ लाख ७४ हजार १९६ जनाको उपचार भइरहेको छ ।

कोरोनाले मृत्यु हुनेको संख्या १ लाख १४ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप ५६५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १ लाख १४ हजार ६२९ पुगेको छ ।

प्रकाशित मितिः २०७७ कार्तिक ०३ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *