यस्तो रहनेछ आज मंगलबार देशको मौसम

भक्तपुर न्यूज

३ कार्तिक २०७७ ३:०१

यस्तो रहनेछ आज मंगलबार देशको मौसम

काठमाडौं । आज देशका केही भूभागमा सोमबारको मौसममा सामान्यदेखि आंशिक बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रदेश १, बाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली तथा लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशमा आंशिक बदली रहने मौसमविदले बताएका छन्।

अन्य भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। प्रदेश १ का केही स्थानहरुमा हल्का वर्षाको सम्भावना पनि रहेको मौसमविदको भनाइ छ।

सोमबार राति पनि प्रदेश १, बाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ।

अहिले बिहान देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल कुनै उल्लेखनीय मौसमी प्रणाली छैन।

प्रकाशित मितिः २०७७ कार्तिक ०३ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *