एक लाख ४६ हजार नगदसहित १२ जना जुवाडे पक्राउ

भक्तपुर न्यूज

३ कार्तिक २०७७ २:५०

एक लाख ४६ हजार नगदसहित १२ जना जुवाडे पक्राउ

गोरखा । गोरखा नगरपालिका–४ पन्थेश्वाँराबाट जुवा खेलिरहेको अवस्थामा एक लाख ४६ हजार रुपैयाँसहित १२ जना पक्राउ परेका छन् ।

कृष्णबहादुर खवासको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई रकमसहित आइतबार राति नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुुख एसपी सुरेन्द्रबहादुर गुरुङले बताए। उनीहरुको साथबाट ३९ वटा कौडा पनि नियन्त्रणमा लिएको छ।

चाडबाड नजिकिएसँगै जुवा तास खेल्ने, खेलाउने गतिविधि बढ्न सक्ने भएकाले विशेष सुरक्षा योजनासहित टोली परिचालन गरेको गुरुङले बताए।

प्रकाशित मितिः २०७७ कार्तिक ०३ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *