भक्तपुरमा देखिएका ९९ जना संक्रमित (विवरणसहित)
भक्तपुर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज भक्तपुर जिल्लामा ९९ जना कोरोना भाइरस संक्रमित भएको पुष्टि गरेको छ । तर स्वास्थ्य कार्यालय भक्तपुरले आज भक्तपुरमा ७२ जना संक्रमित भएको बताएको छ ।
स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार भक्तपुरमा आज देखिएका संक्रमितमा चाँगुनारायण नगरपालिकाका ३ जना, भक्तपुर नगरपालिकाका ३ जना, मध्यपुर थिमी नगरपालिकाका १६ जना, सुर्यविनायक नगरपालिकाका ४८ जना तथा सम्पर्क हुन नसकेका २ जना रहेका छन् ।
योसँगै जिल्ला भित्र कुल ४ हजार ३०९ जना संक्रमित रहेका छन् । यस्तै, जिल्लामा निको हुनेको संख्या २ हजार ३६७ जना रहेका छन् भने सक्रिय संक्रमित १ हजार ८९५ जना रहेका छन् । यस्तै, जिल्लामा १३ जना महिला र ३४ जना पुरुष गरी कूल ४७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
३२ असार २०८२ ६:५५
भक्तपुर मालपोतका प्रमुख साढे २४ लाख घुससहित पक्राउ
३२ असार २०८२ ७:४१
फुटबलर लामिन यामलमाथि अनुसन्धान हुने
३१ असार २०८२ १२:१२
मुस्ताङको कोराला नाका पूर्ण सञ्चालनको तयारी : प्रधानमन्त्री
३२ असार २०८२ ७:२०
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो
३१ असार २०८२ १२:१५