बालिकाहरूलाई जबरजस्ती करणी गर्ने दुई पक्राउ

भक्तपुर न्यूज

२ कार्तिक २०७७ १२:१०

बालिकाहरूलाई जबरजस्ती करणी गर्ने दुई पक्राउ

तनहुँ । १२ वर्षीया, ९ वर्षीया र ११ वर्षीया ३ जना बालिकाहरुलाई जबरजस्ती करणी गरेको अभियोगमा भानु नगरपालिका–१० दुधेकुना बस्ने ७२ वर्षीय बलराम सापकोटा र १६ वर्षीय किशोरलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुले ती बालिकाहरुलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी पुर्कोटबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मितिः २०७७ कार्तिक ०२ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *