टिप्परको ठक्करबाट साइकलमा सवार छोरीको मृत्यु, बावु गम्भीर घाइते

भक्तपुर न्यूज

२ कार्तिक २०७७ ११:३१

टिप्परको ठक्करबाट साइकलमा सवार छोरीको मृत्यु, बावु गम्भीर घाइते

दाङ । दाङको भालुवाङ् र अर्घखाँची जिल्लाको शितगंगा नगरपालिका–८ मा टिप्परले ठक्कर दिँदा छोरीको मुत्यु भएको छ भने बावु गम्भिर घाइते भएको इलाका प्रहरी कार्यालय भालुवाङ्ले जानकारी दिएको छ ।

आइतबार दिउँसो एकबजे पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको रा १ ख २०२१ नम्बरको टिप्परले पूर्वबाट पश्चिम तर्फ एउटै साइकलमा सवार (बावु–छोरी) गढवा गाउँपालिका वडा नम्बर १ जुरौनी निवासी २४ वर्षीया जमुना कुमालको घटनास्थलमै मृत्यु भएको छ भने ६९ वर्षीय बुवा गम्भिर घाइते भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः २०७७ कार्तिक ०२ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *