भक्तपुरमा गत वर्षको तुलनामा सात प्रतिशतले धान उत्पादनमा वृद्धि

भक्तपुर न्यूज

२ कार्तिक २०७७ ११:१९

भक्तपुरमा गत वर्षको तुलनामा सात प्रतिशतले धान उत्पादनमा वृद्धि

भक्तपुर । भक्तपुरमा धानको उत्पादन गत बर्षहरुमा भन्दा यस वर्ष राम्रो भएको छ । गत वर्षको तुलनामा यस वर्ष भक्तपुरमा सात प्रतिशतले धान उत्पादनमा वृद्धि हुने आकलन गरिएको छ ।

अहिले भक्तपुरका चारवटै नगर क्षेत्रका किसानहरु उत्पादन भएको धान सुकाउन र भित्राउने चटारोमा रहेकोे देखिन्छ ।

बिगतका वर्षहरुमा भन्दा यस वर्ष धानको उत्पादन राम्रो भएको भक्तपुरका किसानहरुले बताएका छन् । यस वर्ष लकडाउनका कारण बेलैमा रोपाई भएको, समयमा नै पानी परेको तथा धेरै पानी पर्नु जस्ता कारणले धान उत्पादन बढेको किसानहरु बताउँछन् ।

कोरोना महामारीका कारण खेतमा काम गर्ने जनशक्ति अभाव भएका बेला भक्तपुरका किसानहरु छिमेकीहरु एक अर्काको सहयोगमा रमाउँदै कोरोना जोखिमलाई बिर्सेर धान भित्राउन व्यस्त भएका छन् ।

भक्तपुरको समग्र तथ्यांक नआए पनि बिगतको वर्ष भन्दा यस वर्ष धान उत्पादन बढेको आंकलन गरिएकोे कृषि ज्ञान केन्द्र ललितपुरले जनाएको छ ।

गत बर्ष भक्तपुरमा ३ हजार ९ सय २५ हेक्टरमा धान खेती हुँदा १९ हजार ७ सय ५ मेट्रिक टन धान उत्पादन भएकोमा यस बर्ष ३ हजार ९ सय हेक्टरमा धान खेतीबाट २१ हजार ८४ मेट्रिक टन धान उत्पादन हुने आंकलन छ । यो उत्पादनको हिसावले गत बर्षको तुलनामा ७ प्रतिशतले बृद्धि हो ।

प्रकाशित मितिः २०७७ कार्तिक ०२ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *