बाबुरामलाई जसपाको अध्यक्ष बनाउने तयारी
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई जनता समाजवादी पार्टी (जसपा) को अध्यक्ष बन्ने भएका छन् ।सोमबार र मंगलबार बस्ने केन्द्रीय कार्यकारिणी परिषद्को बैठकमा डा. भट्टराई अध्यक्ष बनाउने भएको हो । पार्टी एकीकरणको समयमा डा. भट्टराईलाई नै अध्यक्ष बनाउने भद्र सहमति भएको स्रोतले जानकारी दियो ।
राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी एकीकरण भएर जनता समाजवादी पार्टी बनेको थियो । निर्वाचन आयोगमा पार्टी दर्ता जानुअगाडि भट्टराई अध्यक्ष रहेको बताए पनि अन्तिम समयमा आएर अध्यक्षबबाट भट्टराईको नाममा टिपेक्स लागेको थियो । हाल जसपामा ५१ सदस्यीय कार्यकारिणी सदस्य रहेका छन् ।
त्यस्तै जसपाले केन्द्रीय समितिको संख्या आठ सय पुर्याउने भएको छ । विधान संशोधन गरेर उक्त संख्या पुर्याउन लागिएको स्रोतले जानकारी दियो । हाल जसपामा केन्द्रीय समितिको संख्या सात सय १ रहेको छ ।
दुई दिनसम्म चल्ने बैठकमा पार्टी एकतकाका बाँकी काम, विधान संशशोधन र केन्द्रीय समिति, संघीय परिषद्को विस्तार तथा कार्यविभाजनबारे छलफल हुनेछ ।
प्रकाशित मितिः २०७७ कार्तिक ०२ आइतबार