उदयपुर जीप दुर्घटनामा ज्यान गुमाएका पाँचै जनाको सनाखत

भक्तपुर न्यूज

२ कार्तिक २०७७ ९:०२

उदयपुर जीप दुर्घटनामा ज्यान गुमाएका पाँचै जनाको सनाखत

उदयपुर । उदयपुरमा जीप दुर्घटना हुँदा ज्यान गुमाएका ५ जनाकै परिचय खुलेको छ । घाइते तीनै जनालाई थप उपचारको लागि विराटनगर रेफर गरिएको छ ।

गएराति कटारी नगरपालिका १४ भदौरेमा जीप दुर्घटना हुँदा ओखलढुंगा मानेभञ्ज्याङ गाउँपालिका ९ माधवपुरका ४५ वर्षका रामबहादुर सार्की, त्यही ठाउँका २६ वर्षका कर्मे भन्ने कर्णबहादुर सार्की, ४० वर्षका खड्गबहादुर सार्की, ३५ वर्षकी नरिमाया सार्की र उदयपुर कटारी नगरपालिका ८ शिरीसेका ३० वर्षका महेशबहादुर बिकको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

भैरहवाबाट ओखलढुंगाका लागि छुटेको बा २० च ७१७१ नम्बरको जीप ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । यसैबीच रुकुम पश्चिममा जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । बिहान ग १ ज ६०४७ नम्बरको जीप आठबिसकोट नगरपालिका वडा नम्बर १२ मा दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइतेहरुको आठबिसकोटमै रहेको नगर अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मितिः २०७७ कार्तिक ०२ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *