फिल्म ‘आई एम ट्वान्टी वान’ को छायांकन सुरु
काठमाडौं । रेनशा वान्तवा राईको निर्देशनमा बन्न लागेको फिल्म ‘आई एम ट्वान्टी वान’ को छायांकन सुरु भएको छ । अभिनेता धिरज मगर र अभिनेत्री जसिता गुरुङको अभिनय रहने यस फिल्मको छायांकन सुरु भएको निर्माता प्रज्ज्वल शमशेर जवराले जानकारी दिए ।
फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ को सफलतापछि निर्देशक राईले फिल्म ‘आई एम ट्वान्टी वान’ ल्याएकी हुन् । नृत्यको कथामा आधारित भएर निर्माण हुने यस फिल्मको छायांकन शुरु भएको र दशैंमा केही दिन फिल्मको काम रोकिने बताइएको छ ।
फिल्मको छायांकनको क्रममा मास्क, सेनिटाइजरलगायतका अत्यावश्यक मेडिकल सामाग्री राखिएको र कलाकारसहित २५ जनाभन्दा बढी उपस्थिति रहने निर्माता जवराले बताए । फिल्ममा धिरज र जसिताको अभिनय रहने भएपछि दर्शकहरु निकै उत्साहित भएका छन् ।
प्रकाशित मितिः २०७७ कार्तिक ०२ आइतबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ असार २०८२ ७:०१
तीनबुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन स्थगित
२५ असार २०८२ ७:००
२५० मेगावाट विद्युत उत्पादन बन्द भएपनि लोड सेडिङ नहुने
२५ असार २०८२ ६:५७
बागमती नदी वरपर सतर्क रहन सन्देश प्रवाह
२५ असार २०८२ ७:०४