कुमारी बैंकको १ लाख १ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
काठमाडौं । कुमारी बैंकले १ लाख १ हजार कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ । नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार कम्पनीले सर्वप्रथम बैंकका संस्थापक शेयरधनीलाई नै प्राथमिकता दिनुपर्ने भएकाले खरीद गर्न इच्छुक संस्थापक शेयरधनीलाई सूचना प्रकाशन गरेको मितिले ३५ दिनभित्र आवेदन दिन भनेको छ ।
इच्छुक संस्थापक शेयरधनीहरुले आवश्यक कागजात संकलन गरेर कम्पनीको शेयर रजिष्ट्रार कुमारी क्यापिटल अथवा कम्पनीको रजिष्टर्ड कार्यालयमा आइपुग्ने गरी निवेदन दिन पनि कम्पनीले भनेको छ ।
शेयरको विक्री मूल्य विक्रेताले तोके बमोजिम हुनेछ । ३५ दिनभित्र विद्यमान संस्थापकहरुबाट आवेदन नपरेमा संस्थापकभन्दा बाहिर शेयर विक्रीको प्रक्रिया बढाउने कम्पनीले बताएको छ ।
प्रकाशित मितिः २०७७ कार्तिक ०२ आइतबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
३२ असार २०८२ ६:५५
भक्तपुर मालपोतका प्रमुख साढे २४ लाख घुससहित पक्राउ
३२ असार २०८२ ७:४१
फुटबलर लामिन यामलमाथि अनुसन्धान हुने
३१ असार २०८२ १२:१२
मुस्ताङको कोराला नाका पूर्ण सञ्चालनको तयारी : प्रधानमन्त्री
३२ असार २०८२ ७:२०