गस्तीमा निस्किएका असई मृत फेला प्रहरी जवान सम्पर्क बिहिन

भक्तपुर न्यूज

२ कार्तिक २०७७ ४:४२

गस्तीमा निस्किएका असई मृत फेला प्रहरी जवान सम्पर्क बिहिन

कैलाली। धनगढी उपमहानगरपालिका -१२ जुगेडास्थित अस्थायी प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक असई मृत फेला परेका छन् ।

हिजो रातिदेखि बेपत्ता भएका असई गोविन्दबहादुर साउँदको शव आज बिहान सीमा नाकास्थित मोहना नदीमा फेला परेको हो। उनीसँगै गस्तीमा गएका प्रहरी जवान रामबहादुर साँउद भने फेला परेका छैनन्।

चौकीबाट मोटरसाइकलमा राति साढे ८ बजे गस्तीमा निस्किएका दुवैजना साढे १० बजे देखि सम्पर्कविहीन भएका थिए।

आज बिहान उनीहरूको खोजी गर्दा चौकीबाट एक किमीको दूरीमा उनीहरू चढेको मोटरसाइकल फेला परेको र करिब तीन किमीको दूरीमा रहेको मोहना नदीमा शव फेला परेको छ ।

प्रहरीले तस्करहरूसँगको भीडन्तमा उनीहरू मारिएको हुन सक्ने आशंका गरेको छ।

प्रकाशित मितिः २०७७ कार्तिक २ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *