रोनाल्डो बिना रोकियो युभेन्ट्स

भक्तपुर न्यूज

२ कार्तिक २०७७ ४:१६

रोनाल्डो बिना रोकियो युभेन्ट्स

काठमाडौं । साविक विजेता युभेन्ट्सले सिरि ए फुटबलमा बराबरी खेलेको छ । शनिबार राति युभेन्ट्सले क्रोटोनसंग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

डेब्यु खेलमै फेडेरिको चाइसाले रातो कार्ड खादै मैदान बाहिरिएपछि अन्तिम ३० मिनेट युभेन्ट्स १० खेलाडीमा सिमित बनेको थियो । युभेन्ट्स मुख्य फरवार्ड क्रिस्टियानो रोनाल्डो बिना मैदान उत्रिएको थियो ।

उनी कोरोनाको संक्रमण देखिएपछि एकान्तवासमा रहेका छन् । पोर्चुगलको राष्ट्रिय टिममा रहेको बखत रोनाल्डोलाई संक्रमण पुष्टि भएको थियो ।

सिमीले सुरुवाती १२ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै घरेलु टोली क्रोटोनलाई अघि बढाएका थिए । युभेन्ट्सका अल्भारो मोराटाले २१ औं मिनेटमा बराबरी गोल फर्काए ।

उनी यसै सिजन लोनमा एट्लेटिको मड्रिडबाट युभेन्ट्स आएका हुन् । पछिल्लो खेलमा बराबरी खेल्दै युभेन्ट्स ८ अंक सहित तालिकाको चौथो स्थानमा छ । क्रोटोनले नयाँ सिजनमा पहिलो अंक जोडेको छ ।

प्रकाशित मितिः २०७७ कार्तिक २ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *