बिश्वमा संक्रमितको संख्या चार करोड पुग्न थाल्यो
काठमाडौं । विश्वमा कोरोना संक्रमितको संख्या चार करोड नजिक पुगेको छ। हालसम्म कोरोना संक्रमितको संख्या तीन करोड ९९ लाख ३७ हजार ६५ पुगेको हो। पछिल्लो २४ घण्टामा तीन लाख ७० हजार ६२० संक्रमित थपिएका हुन्।
कोभिड(१९ बाट विश्वमा मृत्यु हुनेको संख्या ११ लाख १४ हजार १८३ पुगेको छ। पछिल्लो २४ घण्टामा थप पाँच हजार ५५४ जनाको मृत्यु भएको हो।
वर्ल्डोमिटर्सका अनुसार हालसम्म दुई करोड ९८ लाख ७९ हजार ४८१ जना संक्रमणमुक्त भएका छन्। विश्वमा सक्रिय संक्रमितको संख्या ८९ लाख ४३ हजार ४०१ छ। त्यसमध्ये ७१ हजार ९३३ जना गम्भीर अवस्थाका छन्।
सबैभन्दा बढी प्रभावित देश अमेरिकामा संक्रमितको संख्या ८३ लाख ४१ हजार ८३६ पुगेको छ। भारतमा संक्रमितको संख्या ७४ लाख ९२ हजार ७२७ पुगेको छ भने ब्राजिलमा ५२ लाख २४ हजार ३६२ छ।
प्रकाशित मितिः २०७७ कार्तिक २ आइतबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
३२ असार २०८२ ६:५५
भक्तपुर मालपोतका प्रमुख साढे २४ लाख घुससहित पक्राउ
३२ असार २०८२ ७:४१
फुटबलर लामिन यामलमाथि अनुसन्धान हुने
३१ असार २०८२ १२:१२
मुस्ताङको कोराला नाका पूर्ण सञ्चालनको तयारी : प्रधानमन्त्री
३२ असार २०८२ ७:२०
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो
३२ असार २०८२ ७:१५