युनाइटेडको प्रभावशाली जित

भक्तपुर न्यूज

२ कार्तिक २०७७ ३:५४

युनाइटेडको प्रभावशाली जित

काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेष्टर युनाइटेडले प्रभावशाली जित निकालेको छ । शनिबार राति युनाइटेडले न्युक्यासल युनाइटेडमाथि ४–१ को जित दर्ता गरेको हो । लुकी शाको आत्मघाति गोलसंगै न्युक्यासलले खेलमा अग्रता बनाएको थियो ।

युनाइटेडका कप्तान ह्यारी मागुइरीले गोल गर्दै २३ औं मिनेटमा खेल बराबरीमा ल्याएका थिए । हुवा माटाको पासमा मागुइरीले युनाइटेडका लागि बराबरी गोल फर्काएका थिए । खेलको अन्तिम समयमा मार्कुस रासफोर्ड चम्किएपछि युनाइटेडले फराकिलो जित निकाल्यो । रासफोर्डले एक गोल गर्नुका साथै दुई गोलको अवसर सिर्जना गरेका थिए ।

खेल सकिन ४ मिनेट बाँकी छदाँ ब्रुनो फर्नान्डेजले गोल गर्दै युनाइटेडलाई २–१ को अग्रता दिलाए । दुई पेनाल्टी खेर फालेरका फर्नान्डेजले गोल गर्न रासफोर्डको पास उपयोग गरेका थिए ।

खेलको अन्तिम मिनेटमा विन विसाकाले रासफोर्डकै पासमा युनाइटेडलाई ३–१ ले अघि बढाए । इन्जुरी समयमा रासफोर्डलेनै गोल गर्दै युनाइटेडलाई ४–१ को शानदार जित दिलाए । उनले फर्नान्डेजको पास सदुपयोग गर्दै गोल गरेका थिए ।

अघिल्लो खेलमा टोटेनहमसंग ६–१ ले पराजित बनेपछि खेलमा फर्कन युनाइटेडलाई ठुलो जित आवश्यक देखिएको थियो । उसले न्युक्यासलविरुद्ध उत्कृष्ट जित आत्मसाथ गर्दै लिगमा आत्मविश्वास भरेको छ ।

युनाइटेड लिगको सुरुवाती ४ खेलमा ६ अंक जोडेर १४ औं स्थानमा छ । न्युक्यासल ५ खेलबाट ७ अंक सहित तालिकाको ११ औं स्थानमा छ । एजेन्सी

प्रकाशित मितिः २०७७ कार्तिक २ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *