सेनाको पृतनापति सम्मेलन सुरू हुँदै

भक्तपुर न्यूज

२ कार्तिक २०७७ ३:४५

सेनाको  पृतनापति सम्मेलन सुरू हुँदै

काठमाडौं । नेपाली सेनाले पृतनापति सम्मेलन आज सुरू हुँदैछ ।

सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलका अनुसार सम्मेलनमा देशको शान्तिसुरक्षाका साथै कोभिड १९ प्रतिकार्यमा प्राप्त भइरहेको सफलता, आकलन र भावी रणनीतिबारे समीक्षा हुनेछ ।
प्रत्येक छ महिनामा नियमित रुपमा हुँदै आएको सम्मेलन यस पटक तीन दिनसम्म भर्चुअल माध्यमबाट हुनेछ ।

सम्मेलनमा सेनाका आठ पृतनापतिले आ(आफ्ना कार्य क्षेत्रमा भएका उपलब्धी, चुनौती र समाधानका लागि चालिनुपर्ने कदमबारे रायसुझावसहितको प्रस्तुतीकरण गर्ने प्रवक्ता पौडेलले जानकारी दिए ।

सेनाको पूर्वी कामु पृतनापतिमा सन्तोष ढकाल, मध्यपूर्वी पृतनापतिमा सुरेश कार्की, मध्य(पृतनापतिमा ताराध्वज पाण्डे, उपत्यका पृतनापतिमा आनन्दकुमार अधिकारी, पश्चिम पृतनापतिमा गोकुल भण्डारी, मध्यपश्चिम पृतनापतिमा सञ्जय थापा, उत्तरपश्चिम पृतनापतिमा विज्ञानदेव पाण्डे र सुदूरपश्चिम पृतनापतिमा निर्मलकुमार थापा छन् ।

प्रकाशित मितिः २०७७ कार्तिक २ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *