कोरोना विरुद्धको रुसी भ्याक्सिन भारतमा क्लिनिकल परीक्षणका लागि अनुमति
काठमाडौं । रुसले बनाएको कोभिड १९ विरुद्धको भ्याक्सिन स्पुतनिक(५ लाई भारतमा दोस्रो र तेस्रो चरणको क्लिनिकल परीक्षणका लागि अनुमति दिइएको छ।
ड्रग कन्ट्रोलर जनरल अफ इण्डिया डीसीजीआईले क्लिनिकल परीक्षणका लागि भारतीय औषधि निर्माता कम्पनी डा रेड्डिजजलाई अनुमति दिएको हो।
हैदराबादस्थित् फर्मास्युटिकल फर्मले १३ अक्टोबरमा भ्याक्सिनको क्लिनिकल परीक्षणको अनुमतिका लागि दोस्रोपटक आवेदन दिएको थियो। पहिलोपटक उसले दिएको आवेदन अस्वीकृत भएको थियो।
दोस्रोपटकको आवेदनपछि डीसीजीआईले दोस्रो र तेस्रो चरणको परीक्षण गर्न अनुमति दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। परीक्षणमा ४० हजार जना सहभागी हुने जनाइएको छ । एजेन्सी
प्रकाशित मितिः २०७७ कार्तिक २ आइतबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ असार २०८२ ७:०१
तीनबुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन स्थगित
२५ असार २०८२ ७:००
२५० मेगावाट विद्युत उत्पादन बन्द भएपनि लोड सेडिङ नहुने
२५ असार २०८२ ६:५७
बागमती नदी वरपर सतर्क रहन सन्देश प्रवाह
२५ असार २०८२ ७:०४