सिपाडोलका ४० स्थानहरुमा डस्टविन

भक्तपुर न्यूज

१ कार्तिक २०७७ १३:५३

सिपाडोलका ४० स्थानहरुमा डस्टविन

भक्तपुर । सफा सुन्दर सिपाडोल हाम्रो अभियानका साथ आज समाजले सिपाडोलका ४० स्थानहरुमा डस्टविन राखेको छ ।

बढ्दो बातावरण प्रदुषण न्युनिकरणका लागि भक्तपुरको सुर्यबिनायक नगरपालिका–८ को सगोल युवा समाजले सार्वजनिक स्थानमा डस्टबिन राखेको हो । समाजले सिपाडोलको मालिगाउँको सिंगल ट्रिको वरिपरि सरसफाई गरिएको क्लबले जनाएको छ ।

साथै टोलबासीलाई अनावश्यक रुपमा फोहोर नफाल्न समेत आग्रह गरिएको छ । फोहोरलाई डस्टबिन वा निश्चित स्थानमा व्यवस्थापन गर्न अनुरोध गरिएको छ । समाजले गत साता रक्तदान कार्यक्रम गरेको थियो ।

प्रकाशित मितिः २०७७ कार्तिक १ शनिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *