फिलिपिन्समा ५.४ म्याग्नच्युडको भूकम्प धेरै पराकम्पनको सम्भावना
काठमाडौं । फिलिपिन्समा शनिबार बिहानै भूकम्प गएको छ। देशको अक्सीडेन्टल मिन्डोरो प्रान्तमा ५.४ म्याग्नच्युडको भूकम्प गएको हो।
फिलिपिन्सको भूगर्भसम्वन्धी कार्यालयले स्थानीय समयानुसार बिहान ४।५ मा भूकम्प गएको जनाएको छ। लुक टाउनदेखि २१ किलोमिटर दक्षिणपूर्वी क्षेत्रमा केन्द्रविन्दु भएर भूकम्प गएको अधिकारीहरुले जनाएका छन्।
भूकम्पको धक्का धेरै मानव बस्तीहरुमा महसुस गरिएको स्थानीयबासिन्दाले जानकारी दिएका छन्। भूकम्पपछि त्यस क्षेत्रका बासिन्दा त्रासित भएर घरबाहिर निस्किएका थिए।
भूकम्पपछि कुनै मानवीय तथा भौतिक क्षतिको विवरणहरु भने प्राप्त भइनसकेको सरकारी अधिकारीहरुले बताएका छन्। उनीहरुका अनुसार धेरै पराकम्पनको सम्भावना रहे पनि आँधीको चेतावनी भने दिइएको छैन। एजेन्सी
प्रकाशित मितिः २०७७ कार्तिक १ शनिबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
३२ असार २०८२ ६:५५
भक्तपुर मालपोतका प्रमुख साढे २४ लाख घुससहित पक्राउ
३२ असार २०८२ ७:४१
फुटबलर लामिन यामलमाथि अनुसन्धान हुने
३१ असार २०८२ १२:१२
मुस्ताङको कोराला नाका पूर्ण सञ्चालनको तयारी : प्रधानमन्त्री
३२ असार २०८२ ७:२०