भक्तपुरमा संक्रमित पुरुषको होम आइसोलेसनमै मृत्यु

भक्तपुर न्यूज

१ कार्तिक २०७७ ९:४४

भक्तपुरमा संक्रमित  पुरुषको होम आइसोलेसनमै मृत्यु

भक्तपुर । भक्तपुर नगरपालिका–७ इनाचोका कोरोना भाइरस संक्रमित ६९ वर्षीय पुरुषको होम आइसोलेसनमै मृत्यु भएको छ ।

दम तथा निमोनियाका बिरामी ती पुरुषको असोज २८ डा।इवामुरा मेमोरियल अस्पताल सल्लाघारीमा पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ आएपछि उनी होम आइसोलेसनमा बसेको भक्तपुर नगरपालिका–७ का वडाध्यक्ष उकेश कवांले जानकारी दिए ।

कोरोना संक्रमण पुष्टि भई होम आइसोलेसनमा स्वास्थ्य लाभ गरिरहेका ती पुरुषको आज मृत्यु भएको वडाध्यक्ष कवांले बताए ।

प्रकाशित मितिः २०७७ कार्तिक १ शनिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *