भारतमा कोरोना संक्रमितको संख्या ७४ लाख नाघ्यो

भक्तपुर न्यूज

१ कार्तिक २०७७ ५:०७

भारतमा कोरोना संक्रमितको संख्या ७४ लाख नाघ्यो

काठमाडौं। भारतमा थप ६५ हजारमा संक्रमण भएसँगै संक्रमित संख्या ७४ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ६५ हजार १२६ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ७४ लाख ३० हजार ६३५ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ६५ लाख २१ हजार ६३४ जना संक्रमणमुक्त भएका छन् । ७ लाख ९५ हजार ६९६ जनाको उपचार भइरहेको छ ।

यस्तै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख १३ हजार ३२ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप ८८६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

प्रकाशित मितिः २०७७ कार्तिक १ शनिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *