प्रिमियर लिग : लिभरपुल र एभर्टन भिड्दै
काठमाडौं। इंग्लिस प्रिमियर लिग फुटबलमा आज शनिबार चार खेल हुँदैछ ।प्रिमियर लिगमा शनिबार साविक विजेता लिभरपुल, एभर्टन, चेल्सी, म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाईटेड, आर्सनल लगायतका ठुला क्लबले प्रतिस्पर्धा गर्ने छन् ।
साविक विजेता लिभरपुलले एभर्टनसँग उसैको मैदानमा खेल्नेछ । मर्सिसाइड डर्बी भिडन्त नेपाली समय अनुसार साँझ ५:१५ बजे सुरु हुनेछ ।
अपराजित टिम एभर्टनविरुद्ध मैदान उत्रदा लिभरपुल चौंथो जितको खोजीमा हुनेछ । तर, घरेलु टिम एभर्टनलाई हराउँन लिभरपुललाई कठिन हुनेछ ।
लिभरपुल ४ खेलमा ९ अंक जोडेर तालिकाको पाँचौं स्थानमा रहेको छ । एभर्टन घरेलु मैदानमा अपराजित यात्रालाई कायम राख्ने लक्ष्यमा हुनेछ । तर, लिभरपुललाई पराजित गर्न एभर्टनलाई सहज भने छैन । ४ खेलमा एभर्टन अपराजित रहेको छ ।
एभर्टन ४ खेलमा १२ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । म्यानचेस्टर सिटीले घरेलु मैदानमा आर्सनलसँग खेल्नेछ । सिटी र आर्सनलबीचको खेल नेपाली समय अनुसार राति १०:१५ बजे सुरु हुनेछ ।
सिटी घरेलु मैदानमा आर्सनललाई हराएर दोस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ । सिटी ३ खेलमा ४ अंक जोडेर १४ औं स्थानमा रहेको छ ।
आर्सनल भने चौंथो जित निकाल्ने लक्ष्यमा हुनेछ । आर्सनल ४ खेलमा ९ अंक जोडेर चौंथो स्थानमा रहेको छ । यस्तै चेल्सीले घरेलु मैदानमा साउथह्याम्पटनसँग खेल्नेछ ।
चेल्सी र साउथह्याम्पटनबीचको खेल नेपाली समय अनुसार ७:४५ बजे सुरु हुनेछ । घरेलु मैदानमा चेल्सी तेस्रो जितको खोजीमा हुनेछ । सातौं स्थानको चेल्सीले ४ खेलमा ७ अंक जोडेको छ ।
४ खेलमा ६ अंक जोडेको साउथह्याम्पटन ११ औं स्थानमा रहेको छ । प्रिमियर लिग अन्तर्गत नै म्यानचेस्टर युनाईटेडले न्युकासल युनाईटेडसँग खेल्नेछ । न्युकासलको मैदानमा हुने खेल राति १२:४५ बजे सुरु हुनेछ ।
युनाईटेड दोस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ । १६ औं स्थानको युनाईटेडले ४ खेलमा ३ अंक जोडेको छ । न्युकासल ७ अंक जोडेर तालिकाको नवौं स्थानमा रहेको छ । एजेन्सी
प्रकाशित मितिः २०७७ कार्तिक १ शनिबार