बाँकेमा कोरोनाबाट थप दुई जनाको मृत्यु
बाँके । नेपालगञ्ज उपमहानगरपालिका वडा नं १० भृकुटीनगरका ६१ वर्षीय पुरुष र नेपालगञ्ज उपमहानगरपालिका वडा नं १८ कारकादोका १८ वर्षीया किशोरीको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
स्वास्थ्यमा समस्या भएपछि असोज २४ गते भर्ना भएका भृकुटीनगरका ६१ वर्षीय पुरुषको भोलीपल्ट कोरोना पोजिटिभ रिपोर्ट आएको थियो । उनको शुक्रबार राती नौ बजे मृत्यु भएको हो । उनको भेरी अस्पतालमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठका जानकारी दिए ।
त्यस्तै, कारकादोकी १८ वर्षीया किशोरीको पनि शुक्रबार राति साढे नौ बजे कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो ।
असोज २८ गते अस्पताल पुगेकी किशोरीलाई २९ गते कोरोना पुष्टि भएको थियो । दुई ठूला अस्पतालमा आधा घण्टाको फरकमा दुई जनाको मृत्यु भएको छ । योसँगै जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ ।
प्रकाशित मितिः २०७७ कार्तिक १ शनिबार