यस्तो रहनेछ आइतबारको मौसम

भक्तपुर न्यूज

१ कार्तिक २०७७ ४:२२

यस्तो रहनेछ आइतबारको मौसम

काठमाडौं । आज सामान्यतया मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। प्रदेश १, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली भए पनि बाँकी क्षेत्रमा भने मौसम सफा रहने छ।

आज दिउँसो प्रदेश १ र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली हुनेछ। त्यस्तै गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागहरुमा सामान्यतया मौसम सफा रहनेछ। प्रदेश १, बाग्मती र गण्डकी प्रदेशका एक९दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

त्यस्तै राति प्रदेश १ मा आंशिकदेखि सामान्य बदली तथा बागमती, गण्डकी र कर्णाली प्रदेशमा आंशिक बदली रही अन्य भू(भागहरुमा मौसम सामान्यतया सफा रहनेछ। वभिागका अनुसार प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू(भागका एक-दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना छ।

प्रकाशित मितिः २०७७ कार्तिक १ शनिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *