विश्वभर ३ करोड ९५ लाखमा कोरोना संक्रमण, ७४ प्रतिशत निको

भक्तपुर न्यूज

१ कार्तिक २०७७ ४:००

विश्वभर ३ करोड ९५ लाखमा कोरोना संक्रमण, ७४ प्रतिशत निको

काठमाडौं । विश्वभर ३ करोड ९५ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ । शनिबार बिहान यो समाचार तयार पार्दासम्म ३ करोड ९५ लाख ७३ हजार ४३ जनामा संक्रमण पुष्टि भएको छ । त्यसमध्ये ७४ दशमलव ९३३ प्रतिशत निको भएका छन् । अर्थात् २ करोड ९६ लाख ५३ हजार ४३४ जना निको भएका छन् ।

पछिल्लो २४ घण्टामा २ लाख ७७ हजार ५६२ जना संक्रमण मुक्त भएका छन् भने ४ लाख १२ हजार ९१७ संक्रमित थपिएका छन् । यस्तै एकै दिन थप ६ हजार १८५ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ११ लाख ९ हजार ७० पुगेको छ । सबैभन्दा धेरै संक्रमित भएको अमेरिकामा संक्रमितको संख्या ८२ लाख ८८ हजार पुगेको छ ।

दोस्रो धेरै संक्रमण भएको मुलुक भारतमा संक्रमित संख्या ७४ लाख ३० हजारमा संक्रमण पुष्टि भएको छ । यस्तै ब्राजिलमा संक्रमित संख्या ५२ लाख १ हजार पुगेको छ । ब्राजिलमा विश्वमा तेस्रो धेरै संक्रमण भएको मुलुक हो ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ३७ हजार ५६ जनाको मृत्यु भएको छ । ६७ लाख २४ हजार ३५६ जना संक्रमित भएकोमा ३१ लाख ५१ हजार ८०५ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मितिः २०७७ कार्तिक १ शनिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *