भक्तपुरमा देखिएका २४४ जना संक्रमित (विवरणसहित)
भक्तपुर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज भक्तपुर जिल्लामा २४४ जना कोरोना भाइरस संक्रमित भएको पुष्टि गरेको छ । तर स्वास्थ्य कार्यालय भक्तपुरले आज भक्तपुरमा २१९ जना संक्रमित भएको बताएको छ ।
स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार भक्तपुरमा आज देखिएका संक्रमितमा चाँगुनारायण नगरपालिकाका ३३ जना, भक्तपुर नगरपालिकाका २८ जना, मध्यपुर थिमी नगरपालिकाका ६२ जना, सुर्यविनायक नगरपालिकाका ८१ जना तथा अन्य १५ जना रहेका छन् ।
योसँगै जिल्ला भित्र कुल ४ हजार १०१ जना संक्रमित रहेका छन् । यस्तै, जिल्लामा निको हुनेको संख्या २ हजार १३७ जना रहेका छन् भने सक्रिय संक्रमित १ हजार ९१८ जना रहेका छन् । यस्तै, जिल्लामा १३ जना महिला र ३३ जना पुरुष गरी कूल ४६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
प्रकाशित मितिः २०७७ असोज ३० शुक्रबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ असार २०८२ ७:०१
तीनबुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन स्थगित
२५ असार २०८२ ७:०४
युरो कप फुटबल : स्विडेन र जर्मनी दोस्रो चरणमा
२५ असार २०८२ ६:५७
बागमती नदी वरपर सतर्क रहन सन्देश प्रवाह
२५ असार २०८२ ७:००