भक्तपुरका २४४ सहित थप ४ हजार ३९२ जनामा कोरोना संक्रमण थपिए
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ३९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या १ लाख २६ हजार १३७ जना पुगेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा कूल ४ हजार ३९२ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।
मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा आज काठमाडौंमा १ हजार ७८४ जना, भक्तपुरमा २४४ जना तथा ललितपुरमा ३७४ जना गरी २ हजार ४०२ जनामा संक्रमण देखिएको हो ।
कोरोना भाइरस ९कोभिड–१९० का कारणबाट पछिल्लो २४ घण्टामा थप २१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७१५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १६ हजार ५३० जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म आर टी र पी सी आर परीक्षण गर्नेको संख्या १२ लाख ५४ हजार १६७ पुगेको छ ।
मन्त्रालयका अनुसार क्वारेन्टाइनमा ४ हजार ८०८ जना र सक्रिय संक्रमित ३७ हजार ३८२ जना रहेका छन् । हालसम्म डिस्चार्ज हुनेको कुल संख्या ८८ हजार ४० पुगेको छ ।
प्रकाशित मितिः २०७७ असोज ३० शुक्रबार