राधे राधेमा टिपरको ठक्करबाट साइकलयात्री गम्भीर घाइते

भक्तपुर न्यूज

३० असोज २०७७ ७:२२

राधे राधेमा टिपरको ठक्करबाट साइकलयात्री गम्भीर घाइते

भक्तपुर । मध्यपुर थिमि नगरपालिका–९ राधेराधेमा गएराति टिपरको ठक्करबाट साइकलयात्री गम्भीर घाइते भएका छन् ।

पाँचथरको शिवा नगरपालिका ८ घर भइ भक्तपुर नयाँठिमी बस्ने ३० वर्षीय उमेश मगर घाइते भएका हुन् ।

शाखा सडकबाट मुख्य सडकतर्फ निस्कदै गरेको बा ४ ख २९२२ नम्बरको टिपरले साइकललाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए ।

उनको मध्यपुर अस्पताल ठिमीमा घाइतेको उपचार भइरहेको छ ।

टिपर चालक फरार भएकोले खोजी भइरहेको महानगरीय प्रहरी बृत ठिमीले जनाएको छ ।

प्रकाशित मितिः २०७७ असोज ३० शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *