फ्रान्समा बढ्दो संक्रमणका कारण कर्फ्यू लगाउने घोषणा

भक्तपुर न्यूज

३० असोज २०७७ ३:४३

फ्रान्समा बढ्दो संक्रमणका कारण कर्फ्यू लगाउने घोषणा

काठमाडौँ । फ्रान्समा बिहीबार एकै दिन ३० हजार ६ सय २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यसअघि बुधबार २२ हजार ५९१ जनामा सक्रमण देखिएको थियो।

कोरोना भाइरसको बढ्दो संक्रमणका कारण फ्रान्सले राजधानी पेरिससहित ९ वटा शहरमा कर्फ्यू लगाउने घोषणा गरिसकेको छ। विश्व स्वास्थ्य संगठनले मनिसहरुको जीवन जोगाउन जनस्वास्थ्य मापदण्डको पालनामा कडाइ गर्न आवश्यक रहेका बताएको छ।

यूरोपमा लाखौँ मानिसहरुलाई कोरोनाको दोस्रो लहर सुरु हुने क्रममा रहेकोले नयाँ गाइडलाइन्सको पालना गर्न भनिएको छ। शनिबारदेखि लण्डनमा इनडोर सामाजिक कार्यक्रममा पनि रोक लगाइएको छ ।

फ्रान्स, इटली, पोल्याण्ड तथा र जर्मनी जस्ता देशहरुमा बिहीबारदेखि परीक्षणलाई ठूलो मात्रामा बढाइएको छ। बिहीबार रुसमा मात्रै २८६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। कोरोना भाइरसको संक्रमणले रुसमा यति धेरै मानिसले ज्यान गुमाएको यो पहिलो घटना हो।

प्रकाशित मितिः २०७७ असोज ३० शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *