मनघरी फाउन्डेशनद्वारा स्वास्थ्य सामाग्री सहयोग

भक्तपुर न्यूज

३० असोज २०७७ ३:३०

मनघरी फाउन्डेशनद्वारा स्वास्थ्य सामाग्री सहयोग

काठमाडौं । मनघरी फाउन्डेशन नेपाल काठमाडौंले नेपाल पत्रकार महासंघ सल्यान, स्वास्थ्य सेवा कार्यालय सल्यानलाई र जिल्ला जनस्वास्थय कार्यालय रुकुम र नेपाल पत्रकार महासंघ रुकुमलाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।

स्वास्थ्य सेवा कार्यालयलाई १० थान पिपिई सेट, १० थान फेसल सिट र नेपाल पत्रकार महासंघ जिल्ला शाखा सल्यानलाई १० थान प्रेस ज्याकेट, १० थान सेनीटाईजर, १० थान फेसल सिट प्रदान गरेको छ ।

त्यसैगरी स्वास्थ्य सेवा कार्यालय सल्यानका अधिकृत ताराप्रसाद रिजाललाई शारदा नगरपालिका उपप्रमुख सावित्रा वस्नेतले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन ।

जिल्ला स्वास्थ्य कार्यालय रुकुम पश्चिमलाई १५ सेट पिपिई, १५ थान फेस शिल्ड र १५ थान मास्क प्रदान गरिएको हो भने नेपाल पत्रकार महासंघ रुकुमलाई १० थान प्रेस ज्याकेट, १० थान सेनीटाईजर, १० थान फेसल सिट प्रदान गरेको हो ।

प्रविधी र पहुँचका आधारले कमजोर रहेको जाजरकोट र रुकुममा कोरोना भाईरस संक्रमणबाट बच्न सहयोग केही मात्रमा सहयोग पुगोस भन्ने हेतुले हातेमालो गरेको मनघरी फाउन्डेशनका अध्यक्ष भरत वन्धु थापाले बताए ।

यसअघि फाउण्डेशनले कर्णाली प्रदेशको दैलेख, सुर्खेत, हुम्ला, मुगु, डोल्पा, जाजरकोट, रुकुम (पश्चिम) लगायत डोटी जिल्लामा समेत स्वास्थ्य सामाग्री पठाइसकको फाउण्डेशनका अध्यक्ष थापाले जानकारी दिए ।

स्वास्थय सामग्री फाउण्डेशनका सल्लाहकार सिए मनाेज ज्ञवली र डा. रवीन खड्काले सहयोग गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *