धनगढीमा ग्यास विस्फोट हुँदा घाइते महिलाको मृत्यु

भक्तपुर न्यूज

२९ असोज २०७७ १०:५५

धनगढीमा ग्यास  विस्फोट हुँदा घाइते महिलाको मृत्यु

धनगढी  । कैलालीको धनगढी उपमहानगरपालिका–८ मा बुधबार भएको विस्फोटमा परी गम्भीर घाइते भएकी महिलाको मृत्यु भएको छ ।

घाइते ६५ वर्षीया विर्मादेवी विष्टको मृत्यु भएको कैलाली प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले विर्माको उपचारका क्रममा काठमाडौँमा मृत्यु भएको जानकारी दिए । प्रहरीका अनुसार घाइते रहेका मृतकका श्रीमान् हरिलाल विष्ट र उनकी नातिनीको अवस्था खतरामुक्त छ ।

उनीहरूको पनि काठमाडौँमै उपचार भइरहेको निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक विष्टले बताए ।

कोठामा ग्यास लिक भएकै अवस्थामा बाल्दा एक्कासि विस्फोट भएर भान्छा कोठाको छत उडाएको र भित्ता समेत भत्काएको थियो ।

प्रकाशित मितिः २०७७ असोज २९ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *