भक्तपुका १३४ सहित उपत्यकामा थपिए १,९३४ कोरोना संक्रमित

भक्तपुर न्यूज

२९ असोज २०७७ १०:५१

भक्तपुका १३४ सहित उपत्यकामा थपिए १,९३४ कोरोना संक्रमित

काठमाडौं। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ९३४ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ६९२, ललितपुरमा १०८ र भक्तपुरमा १३४ जनालाई कोरोना संक्रमण देखिएको छ।

देशभर ३ हजार ७४९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै संक्रमितको कूल संख्या १ लाख २१ हजार ७४५ पुगेको छ। २४ घण्टामा ३ हजार ५६४ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या ८४ हजार ५१८ पुगेको छ।आज देशभर ३६ हजार ५३३ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मितिः २०७७ असोज २९ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *