नेपालमा एकै दिन १९ जना कोरोना संक्रमितको मृत्यु

भक्तपुर न्यूज

२९ असोज २०७७ १०:४४

नेपालमा एकै दिन १९ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं। नेपालमा एकै दिन १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ६ सय ९४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि बुधबार १२ जनाको मृत्यु भएको थियो।

गत २४ घण्टामा ३ हजार ७ सय ४९ जना भेटिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख २१ हजार ७ सय ४५ पुगेको छ। कुल संक्रमितमध्ये ३६ हजार ५ सय ३३ जना सक्रिय संक्रमित छन्।

कोरोनाको आशंकामा गत २४ घण्टामा १६ हजार ५ सय ९८ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै नेपालमा कुल पिसिआर परीक्षणको संख्या १२ हजार ३७ हजार ६ सय ३६ पुगेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मितिः २०७७ असोज २९ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *