ग्लोबल आईएमई बैंकका सुरक्षा गार्डमाथि खुकुरी प्रहार
काठमाडौं । काठमाडौँको मध्य बानेश्वरस्थित ग्लोबल आईएमई बैंकका सुरक्षा गार्डमाथि खुकुरी प्रहार भएको छ । सुरक्षा गार्ड रुद्र बहादुर गुरुङले नै बोकेको खुकुरी अपरिचित व्यक्तिले झिकेर प्रहार गरेको प्रहरीले जनाएको छ ।
खुकरी प्रहार गरेलगत्तै सुरक्षा गार्ड भुइँमा लडेको र अपरिचित व्यक्ति फरार भएका छन् । बिहीबार बैंकमा पैसा साट्न लाइनमा बस्दा विवाद भएपछि सुरक्षा गार्डले बोकेको खुकुरी खोसेर प्रहार गरेको महानगरीय प्रहरी वृत्त, बानेश्वरका प्रहरी प्रमुख डीएसपी दक्ष बस्नेतले रातोपाटीलाई जानकारी दिए ।
सुरक्षा गार्डको हातमा चोट लागेको छ । घाइते गुरुङको काठमाडौँ मेडिकल कलेजमा उपचार भइरहेको डीएसपी बस्नेतले बताए । खुकुरी प्रहार गर्ने व्यक्ति फरार रहेकाले खोजीकार्य भइरहेको उनले बताए ।
प्रकाशित मितिः २०७७ असोज २९ बिहिबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ असार २०८२ ७:०१
तीनबुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन स्थगित
२५ असार २०८२ ७:००
२५० मेगावाट विद्युत उत्पादन बन्द भएपनि लोड सेडिङ नहुने
२५ असार २०८२ ६:५७
बागमती नदी वरपर सतर्क रहन सन्देश प्रवाह
२५ असार २०८२ ७:०४