डेढ वर्षदेखि मानसिक कारण देखाउदै श्रीमतीलाई शौचालयमा थुन्ने पक्राउ

भक्तपुर न्यूज

२९ असोज २०७७ ८:२९

डेढ वर्षदेखि मानसिक कारण देखाउदै श्रीमतीलाई शौचालयमा थुन्ने पक्राउ

काठमाडौं । भारतको हरियाणा राज्यमा एक पुरूषले आफ्नी ३५ वर्षीया पत्नीलाई विगत डेढ वर्षदेखि ट्वाइलेटमा अमानवीय तरिकाले बन्द गरेर राखेको त्यहाँका अधिकारीहरूले जनाएका छन्।

हरियाणा राज्यको पानिपत जिल्लामा रहेको ऋशपुर गाउँमा अमानवीय अवस्थामा राखिएकी ती महिलालाई जिल्लाको महिला तथा बाल कल्याण विभागका अधिकारीले बुधबार उद्दार गरेको हिन्दूस्तान टाइम्सले जनाएको छ।

पीडित महिलाका ३ सन्तान छन्। उद्धार गरिए लगत्तै ती महिलालाई नागरिक अस्पताल लिएको थियो। हाल उनलाई उनको भतिजको जिम्मामा छोडिएको छ।

महिलालाई अमानवीय अवस्थामा बन्धक बनाएर राखिएको सूचना पाएपछि जिल्ला महिला संरक्षक अधिकारी रजनी गुप्ता प्रहरीको साथमा उद्धारका लागि पुगेकी थिइन्।

गुप्ताका अनुसार उद्धार गर्दाको बखत ती महिला एकदमै दयनीय अवस्थामा थिइन्। अनुसन्धानका क्रममा उनलाई डेढ वर्षदेखि अमानवीय अवस्थामा राखेको खुलेको थियो।

उनी कमजोर र हिँड्न नसक्ने अवस्था थिइन्, उनले हामीले दिएपछि ८ वटा चपाती खाइनु गुप्ताले भनिन्। बन्धक बनाइएकी उनलाई उचित खाना र पानी दिइएको थिएन।

ती महिलाले १७ वर्ष अगाडि नरेश कुमार नाम गरेको पुरूषसँग विवाह गरेकी थिइन। जसबाट उनका १५ वर्षीय एक छोरी र ११ तथा १३ वर्षका दुई छोरा छन्।

महिलाका पति कुमारले श्रीमतीको मानसिक अवस्था ठिक नभएको दाबी गरेका छन्। यध्यपी परोपकार विभागका अधिकारीले भने पीडित महिलाले परिवारका सबै सदस्यलाई चिनेको र उद्धार टोलीले सोधेका प्रश्नहरूको उत्तर दिएको बताए।

‘उनका पतिले ती महिलाको मानसिक स्वास्थ्यको उपचार गरिएको पुष्टि गर्ने सोसम्बन्धी कुनै कागजपत्र पेस गर्न सकेनन्’, गुप्ताले भनिन्।

प्रशासनले महिलाका पति नरेश कुमारलाई अनुसन्धानका लागि न्यायिक हिरासतमा लिएको छ। उनी विरूद्ध भारतीय दण्ड संहिता अन्तरगत मुद्धा चलाउने तयारी प्रहरीले गरेको छ। एजेन्सी

प्रकाशित मितिः २०७७ असोज २९ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *