सोह्रखुट्टेमा ग्यास विष्फोट हुँदा ३ जना घाइते

भक्तपुर न्यूज

२९ असोज २०७७ ७:२०

सोह्रखुट्टेमा ग्यास विष्फोट हुँदा ३ जना घाइते

काठमाडौं। काठमाडौंको सोह्रखुट्टेस्थित एक घरमा ग्यास विष्फोट भएर आगलागी भएको छ । काठमाडौं महानगरपालिका वडा नम्बर १६ फलफूल चोकको एक घरमा ग्यास पड्किएर आगलागी भएको हो ।

आगो निभाउन प्रहरी र दमकल घटनास्थलमा पुगिसकेको छ । विष्फोटबाट एक घरमा पूर्ण क्षति भएको छ । विष्फोटबाट केही मानिस घाइते भएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिए ।

घटनाबारे जानकारी दिँदै ज्ञवालीले भने, ‘ग्यास विष्फोट हुँदा एक घर पूर्ण रुपमा क्षति भएको छ । ३ जना घाइतेलाई उपचारका लागि मनमोहन अस्पतालमा लगिएको छ । थप विवरण आउन बाँकी छ ।’

प्रकाशित मितिः २०७७ असोज २९ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *